Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
कार्यक्षमता सदैव आफू वरिपरिका मानिसहरूप्रतिको प्रेम र सरोकारबाट आउनुपर्छ— मेसिनले गर्ने झैँ, सरोकारविहीन कार्य हुनुहुँदैन ।
तपाईंंले आफ्नो खोपडीमा बकबासहरू बनाउनुको दाँजोमा, सृष्टिकर्ताको सृजनलाई ध्यान दिनु बढी महत्त्वपूर्ण छ ।
रहस्यविद्या चमत्कारहरू गर्नेबारेमा सम्बन्धित छैन । रहस्यविद्या जीवनको चमत्कारलाई गहिराइमा अन्वेषण गर्नका लागि हो— किनकि जीवनको चमत्कारलाई पाँच इन्द्रियहरूले बोध गर्न सकिँदैन ।
यदि तपाईं जीवनलाई सम्भावनाको रूपमा हेर्दै हुनुहुन्छ भने, तपाईंले जताततै सम्भावनाहरू देख्नुहुनेछ । तपाईं जीवनलाई समस्याको रूपमा हेर्दै हुनुहुन्छ भने, तपाईंले जताततै समस्याहरू देख्नुहुनेछ ।
सम्पूर्ण ब्रह्माण्डको परिप्रेक्ष्यमा तपाईंले आफ्ना विचारहरूलाई हेर्ने हो भने, तिनले केही अर्थ राख्दैनन् । जब तपाईंलाई यो बोध हुन्छ, तपाईंले स्वाभाविक रूपमा आफ्ना विचारहरूका शृङ्खलासँग दुरी सृजना गर्नुहुनेछ ।
तपाईं चिन्तित रहँदाको तुलनामा, यदि तपाईं प्रफुल्ल, आनन्दित र सानदार रहने हो भने, तपाईंको प्रतिरक्षा प्रणालीले निकै राम्ररी काम गर्नेछ । जीवन सम्पूर्ण बन्नु नै स्वास्थ्य हो ।
विशेषगरी, तपाईंको जीवनमा अप्रिय चीजहरू भएका छन् भने, तपाईं विवेकशील बन्नुपर्ने हो, थिलथिलिएको होइन ।
बुद्धिमानी व्यक्तिले आफू मूर्ख हुँ भनेर जान्दछ, तर मूर्ख व्यक्तिले आफू मूर्ख हुँ भनेर जान्दैन ।
प्रेम कुनै लेनदेन होइन, बरु तपाईंभित्र दन्किएको ज्वाला हो । जब यसले तपाईंको मूल अस्तित्वलाई जलाउँछ, यो मुक्तिदायक हुन्छ ।
निष्ठा कुनै कार्यसँग सम्बन्धित हुँदैन, बरु यसको उद्देश्यसँग सम्बन्धित हुन्छ । प्रश्न यो हो, तपाईं जे गर्दै हुनुहुन्छ, त्यो वृहत् स्तरको कल्याणका लागि गर्दै हुनुहुन्छ वा बस् आफ्नो व्यक्तिगत लाभका निम्ति ।
तपाईं यो मनलाई आफ्नो निम्ति कि त खुसीयाली सृजना गर्न वा दु:ख–पीडा सृजना गर्नका लागि प्रयोग गर्न सक्नुहुन्छ । हरेकसँग यो विकल्प छ ।
मानिसहरू चेतन हुने हो भने, दमन र झैझगडा गर्नुपर्ने आवश्यकता विलय हुनेछ ।