Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
आफैँमा, यथार्थ सरल छ । अज्ञानताले नै त्यसलाई जटिल बनाइदिन्छ ।
प्रत्येक दिन तपाईंलाई सानदार सूर्योदय र सानदार सूर्यास्तको उपहार दिइएको छ । जीवन सञ्चालित छ । तपाईं जीवित हुनुहुन्छ । अरू बढी के चाहियो ?
यस धरतीमा यो हाम्रो समय हो - यसलाई शानदार बनाउनु हामीमा निर्भर छ ।
धेरैजसो मानिसहरूका जीवन तिनका वरिपरि रहेको समाजका वस्तुस्थितिमा बन्धक बनेको छ । त्यो बन्धनबाट छुटकारा दिनु नै योगको उद्देश्य हो ।
सत्य न गन्तव्य हो न निष्कर्ष । सत्य जीवित अनुभव हो ।
तपाईँ निश्चित स्तरसम्म परिपक्व र सन्तुलित बन्नुभयो भने तपाईंले गर्ने हरेक चीज स्वाभाविक रूपमा शालीन र शानदार हुनेछन् ।
एकपटक जब तपाईं असीमपन अनुभव गर्नुहुन्छ, तपाईंको जीवनमा सम्भावनाहरू समेत असीम बन्दछन् ।
योग बस् व्यायाम होइन । यो यस्तो प्रक्रिया र पद्धति हो जसको माध्यमले मनुष्यले सम्भव भएसम्मको आफ्नो सर्वोच्च सामर्थ्य पत्ता लगाउन सक्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रत्येक मनुष्यलाई जीवित मन्दिरमा रूपान्तरण गर्नुपर्छ । त्यस्तो भयो भने संसारमा अवश्य परिवर्तन हुनेछ ।
चेतना हाम्रो अस्तित्वको स्रोत हो । हाम्रा विचार, मनसाय र कार्यहरू त्यसको परिणाम मात्र हुन् ।
मानव जीवनको गुण तब मात्र साँच्चिकै बदलिन्छ जब हामी आफूभित्र बदलिन्छौं ।
केवल दुःख-पीडामा जीवन लामो छ— आनन्दमा त जीवन निकै छोटो छ ।