Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
जब तपाईं आफूलाई आफूले चाहे जसरी निर्माण गर्न सक्षम बन्नुहुन्छ, तपाईंले आफ्नो नियतिलाई समेत आफूले चाहे जसरी रचना गर्न सक्नुहुन्छ ।
वसन्त ऋतुको सुन्दरता यो हो : फल अझै आउन बाँकी छ, तर बोटको फूल चाहिँ वाचा र सम्भावना हो ।
सम्पूर्ण ब्रह्माण्डको परिप्रेक्ष्यमा तपाईंले आफ्ना विचारहरूलाई हेर्ने हो भने, तिनले केही अर्थ राख्दैनन् । जब तपाईंलाई यो बोध हुन्छ, तपाईंले स्वाभाविक रूपमा आफ्ना विचारहरूका शृङ्खलासँग दुरी सृजना गर्नुहुनेछ ।
तपाईं चिन्तित रहँदाको तुलनामा, यदि तपाईं प्रफुल्ल, आनन्दित र सानदार रहने हो भने, तपाईंको प्रतिरक्षा प्रणालीले निकै राम्ररी काम गर्नेछ । जीवन सम्पूर्ण बन्नु नै स्वास्थ्य हो ।
आवश्यक ऊर्जाबिना, चेतन रहनु अत्यन्तै कठिन हुन्छ । त्यसकारण, साधना र योग अभ्यासहरू— ऊर्जालाई माथि प्रवाहित गर्न ।
अधिकांश मानिसहरूमा भावना सबैभन्दा शक्तिशाली तागत हो— ती मानिसहरूमा समेत, जो आफूलाई बुद्धिप्रधान मान्छन् ।
प्रेम कुनै लेनदेन होइन, बरु तपाईंभित्र दन्किएको ज्वाला हो । जब यसले तपाईंको मूल अस्तित्वलाई जलाउँछ, यो मुक्तिदायक हुन्छ ।
निष्ठा कुनै कार्यसँग सम्बन्धित हुँदैन, बरु यसको उद्देश्यसँग सम्बन्धित हुन्छ । प्रश्न यो हो, तपाईं जे गर्दै हुनुहुन्छ, त्यो वृहत् स्तरको कल्याणका लागि गर्दै हुनुहुन्छ वा बस् आफ्नो व्यक्तिगत लाभका निम्ति ।
मनुष्य बीज जस्तै हो । तपाईं कि त आफू जस्तो हुनुहुन्छ, त्यस्तै रहन सक्नुहुन्छ, वा आफूलाई फूल र फलहरूले लटरम्म सानदार रूखमा हुर्काउन सक्नुहुन्छ ।
कार्यक्षमता सदैव आफू वरिपरिका मानिसहरूप्रतिको प्रेम र सरोकारबाट आउनुपर्छ— मेसिनले गर्ने झैँ, सरोकारविहीन कार्य हुनुहुँदैन ।
तपाईंंले आफ्नो खोपडीमा बकबासहरू बनाउनुको दाँजोमा, सृष्टिकर्ताको सृजनलाई ध्यान दिनु बढी महत्त्वपूर्ण छ ।
रहस्यविद्या चमत्कारहरू गर्नेबारेमा सम्बन्धित छैन । रहस्यविद्या जीवनको चमत्कारलाई गहिराइमा अन्वेषण गर्नका लागि हो— किनकि जीवनको चमत्कारलाई पाँच इन्द्रियहरूले बोध गर्न सकिँदैन ।