Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
अन्तत: तपाईं जो हो त्यही संसारमा अभिव्यक्त हुने हो ।
आफैँलाई नर्क जस्तो बनाएकाहरू नै खासमा स्वर्ग जान चाहन्छन् । जसले आफूलाई स्वर्ग समान सानदार बनाएका छन्, तिनीहरू चाहे जहाँसुकै गए पनि एकदमै ठीक रहनेछन् ।
आफ्नो जीवनलाई बाध्यात्मक प्रतिक्रिया गर्नेबाट सचेत प्रतिक्रिया जनाउने स्थितिमा लैजानुभयो भने तपाईंको जीवनको गुण र अनुभव सम्पूर्णतया तपाईंबाटै निर्धारित हुनेछ । यो नै बुद्धत्त्व वा आत्मज्ञान हो ।
आफैँमा, यथार्थ सरल छ । अज्ञानताले नै त्यसलाई जटिल बनाइदिन्छ ।
जीवन बस् प्रयोगका लागि मात्र होइन । यो जस्तो छ त्यो नै अत्यन्तै भव्य र विशाल छ ।
तपाईंले कति पैसा थुपार्नुहुन्छ भन्नेले सुखसुविधा मात्र तय गर्छ, कहिल्यै तपाईंको जीवनको गुण तय गर्दैन ।
सृष्टिको स्रोत नै तपाईंभित्र छ । तपाईंले बस् प्रयत्न गर्नुपर्छ ताकि त्योसँग आवश्यक सम्पर्कमा रहन सक्नुहोस् ।
सत्य न गन्तव्य हो न निष्कर्ष । सत्य जीवित अनुभव हो ।
ब्रह्माण्डमा भइरहेको यो विशाल पक्ष अर्थात् मूल जीवनसँग सम्पर्कमा नरहँदा नै आलस्य उत्पन्न हुन्छ ।
तपाईंको मन पूरै स्थिर बनेको अवस्थामा भौतिकबाट परको बोध र ज्ञान प्रकट हुन्छ ।
प्रत्येक मानिस जीवित हुँदा नै शान्त रहन सक्नुपर्छ, मरेपछि मात्र “चिर शान्ति पाउने” होइन । यसलाई साकार पारौँ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रत्येक मनुष्यलाई जीवित मन्दिरमा रूपान्तरण गर्नुपर्छ । त्यस्तो भयो भने संसारमा अवश्य परिवर्तन हुनेछ ।