Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
सत्य लुकेको छैन— तपाईं त्यसबाट लुकिरहनु भएको छ ।
नाशवान प्रकृतिलाई बेवास्ता गर्नु सबैभन्दा ठूलो अज्ञानता हो ।
प्रेम, खुसी र परम आनन्दले तपाईंका गाला पखालेका छैनन् भने तपाईंले वास्तविक जीवन अनुभव गर्न अझै बाँकी छ ।
ध्यानलिङ्ग, दिव्य शक्तिको सम्भव भएसम्मको सर्वोच्च अभिव्यक्ति हो । जोजो यसको क्षेत्रभित्र आउँछन्, ती आफूभित्र मुक्तिको आध्यात्मिक बीज अनुप्राणित हुन दिनबाट उम्किन सक्दैनन् ।
तपाईँ आफ्नो सम्बन्ध सफल बनोस् भन्ने चाहनुहुन्छ भने निरन्तर आफूलाई यो स्मरण गराउनुहोस् कि अर्को व्यक्ति तपाईंभन्दा बढी महत्त्वपूर्ण छन् ।
वास्तवमा भन्नुपर्दा, जीवनमा सही निर्णय भन्ने त्यस्तो केही हुँदैन । तपाईँले कुनै निर्णय लिनुभयो र त्यसमा आफ्नो सबैथोक लगाउनुभयो भने त्यो शानदार बन्नेछ ।
भित्री उद्देश्य हुनु एउटा कुरा हो, त्यसलाई व्यवहारमा उतार्नु अर्को कुरा हो । आफ्नो जीवनमा तपाईँले आफ्नो भित्री उद्देश्यलाई व्यवहारमा उतार्नुहुनेछ वा तपाईंले आफूमाथि चीजहरू संयोगवश हुन दिनुहुनेछ, यो एउटा ठूलो प्रश्न हो ।
अस्तित्व एउटा सम्पूर्ण प्रक्रिया हो । तपाईं कुनै छुट्टै अस्तित्व होइन ।
तपाईँको जीवनको परिश्रम कष्टपूर्ण होइन बरू प्रेम र आनन्दपूर्ण बनोस् ।
कसैलाई पनि माथिल्लो दर्जामा राखेर नहेर्नुस् — कसैलाई पनि तल्लो दर्जामा राखेर नहेर्नुस् । जब तपाईँ सबैलाई तिनको वास्तविक रूपमा देख्नुहुन्छ, तब तपाईँ जीवनमा सहजै अघि बढ्नुहुनेछ ।
If you understand who you are on the cosmic scale, you will live gently. Let all that you touch be a blessing.
अनासक्त हुनु भनेको सहभागिता नजनाउनु भन्ने होइन । तपाईं गहिरो रूपमा सहभागी हुँदा समेत आशक्त नरहन सक्नुहुन्छ ।