Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
आध्यात्मिक मार्गमा हुनु भनेको ईश्वरको नजिक पुग्न खोज्ने होइन— तपाईँ स्वयं ईश्वरसँग एक बन्न खोज्दै हुनुहुन्छ ।
आफ्नो जीवनमा केही सार्थक चीज पत्ता लगाउनको लागि तपाईंले आफैंलाई गुमाउनुपर्छ ।
तपाईँ जेलाई सफलता ठान्नुहुन्छ, त्यसको तुलनामा साधारणतया जेलाई असफलता ठानिन्छ त्यसले तपाईंको जीवनको अनुभवलाई निकै बढी गहन बनाउँछ ।
बाहिरी तत्त्वले तपाईंलाई प्रेरणा दिन र गाइड गर्न मात्र सक्छ । तर आफूलाई जान्नु भनेको यस्तो चीज हो जुन सधैँ भित्रबाट आउनुपर्छ ।
यस दिन गौतम बुद्धलाई यो बोध भयो कि आफूमा बुद्धत्त्व घटित हुन दिनको लागि आवश्यक यत्ति हो— यसलाई आफ्नो जीवनको नम्बर १ प्राथमिकता बनाउनुपर्छ ।
मन भनेको अतीतको थुप्रो हो । जब तपाईँ मनबाट पर जानुहुन्छ, अब अतीतले तपाईँलाई आफ्नो वशमा पार्न सक्दैन ।
सत्ता आफैँमा भ्रष्ट आचरणको हुँदैन । प्रभुत्व जमाउने कुण्ठा भएका मानिसले जब सत्ता कब्जा गर्छन्, तब यो भ्रष्टाचार गर्ने माध्यम बन्दछ ।
जब तपाईँलाई सही अर्थमा यो बोध हुन्छ कि तपाईंलाई थाहा छैन, तब तपाईंभित्र कुनै पूर्वाग्रह वा मूल्याङ्कन रहँदैन । तपाईं बस् जीवन बन्नुहुनेछ ।
समस्या जीवनको सम्बन्धमा होइन । समस्या यो हो कि तपाईंले आफ्नो मनलाई आफ्नो नियन्त्रणमा लिनुभएको छैन ।
तपाईं वरपर चाहे जेसुकै भइरहेको भएपनि आफूलाई भित्रबाट सुखद भावमा कसरी राख्ने भनेर तपाईंले जान्नुभयो भने तपाईंलाई परम मुक्तिबाट वञ्चित गर्न सकिँदैन ।
हामी सामु जेसुकै तेर्सिए पनि हामी त्यसप्रति कस्तो प्रतिक्रिया जनाउँछौं र हामी त्यसबाट के बनाउँछौं भन्ने कुरा १००% हाम्रो हातमा हुन्छ ।
मेरो कामना र आशीर्वाद यो छ कि तपाईँ आफ्नो भित्री आयामसम्म पुग्न सक्नुहोस् । तपाईं जहाँसुकै गए पनि यो तपाईंसँगै रहनेछ ।