Main Centers
International Centers
India
USA
Sadhguru Quotes
FILTERS:
SORT BY:
Clear All
एउटी नारी पुरुषको संसारमा अटाउन जरूरी छैन । आधा संसार यसैपनि उनैको हुनुपर्छ ।
जीवनलाई असफलता भन्ने थाहा हुँदैन । असफलता केवल तिनका निम्ति रहन्छ, जो सधैँ आफूलाई अरूसँग तुलना गरिरहन्छन् ।
संसारले तपाईंलाई विचित्र ठान्छ भने, त्यो ठीकै छ । हरेक कोही फरक छन्, त्यसैले कसैको आँखामा हरेक कोही विचित्र हुन्छन् । खुसीवाला विचित्र कि दु:खीवाला विचित्र— यो तपाईंको रोजाइ हो ।
एक सभ्यताको रूपमा, भारतले हरेक चीजलाई उत्सवमा बदलेको छ । जीवनको हरेक पक्षलाई आनन्दित भावमा उत्सव बनाउने यो उत्साह समग्र मानवजातिसम्म पुगोस् ।
तपाईंको ध्यानको गहिराइले नै तपाईंको अनुभवको गहिराइ निर्धारण गर्छ । तपाईंको ध्यान गहन भयो भने, तपाईंको जीवन अनुभव गहन बन्दछ ।
तपाईंको व्यक्तित्वमा अक्कड जति कम हुन्छ, तपाईंको उपस्थिति त्यति बढी शक्तिशाली बन्छ ।
यदि तपाईंं इच्छुक हुनुहुन्छ भने, तपाईंको तार्किक बुझाइबाट पर म अनेक तरिकाहरूमा उपलब्ध छु ।
तपाईं यहाँ जीवनलाई अनुभव गर्न आउनुभएको हो वा यसबारे सोचविचार गर्न ?
तपाईंं कसैसँग कति सुन्दर रूपमा घुलमिल हुन सक्नुहुन्छ भन्ने पक्ष बस् तपाईंको इच्छुकता, नमनशीलता र आनन्दभावमा निर्भर हुन्छ ।
समय पैसा होइन । समय जीवन हो ।
यस महाशिवरात्रिमा, रातैभरि जागा रहेर अनि ढाड सीधा राखेर ऊर्जाको प्राकृतिक उछालमा सवार हुनुहोस्, आदियोगी शिवको कृपाप्रति उपलब्ध रहनुस्, अनि जीवनलाई उन्नत बनाउनुस् ।
जब हामीभित्र समस्याहरू हुन्छन्, हामीले प्रत्यक्ष रूपमै तिनलाई सम्बोधन गर्नुपर्छ । ध्यान भट्काउने उपायहरू नखोज्नुस्— भट्किनु समाधान होइन ।