शब्दहरूलाई एउटा सीमासम्म लगेर, सद्गुरु, यस्तो अवस्थाको बारेमा बताउँदै हुनुहुन्छ, जुन भौतिक दायराभन्दा पर हुन्छ— यहाँ सम्म कि आयामहरूभन्दा पनि पर हुन्छ । "के मैले मुक्ति प्राप्त गर्नेछु ?" भन्ने प्रश्नलाई स्पष्ट रूपमा सम्बोधन गर्दै भन्नुहुन्छ, "अहँ, कहिल्यै पाउनु हुनेछैन ! कसैले पनि पाउनु हुनेछैन ।" तर, यसको अर्थ त्यहाँ आशाको किरण छैन भन्ने पक्कै होइन । यो विरोधाभासपूर्ण लाग्न सक्दछ ! सद्गुरु भन्नुहुन्छ— " म यो सुनिश्चित गर्नेछु कि तपाईं मुक्त हुनुहुनेछ, तर तपाईंले त्यसलाई ममाथि छोड्नुपर्ने हुन्छ ।"